नियम ३४क
सीप विकास तथा स्वास्थ्य र शिक्षा सम्बन्धी तालीम सञ्चालन
कुनै संघ
संस्थाले बन्दीको सीप विकास एवं स्वास्थ्य र शिक्षा सम्बन्धी ज्ञानको निमित्त कारागार
भित्र त्यस्तो सीप विकास एवं स्वास्थ्य र शिक्षा सम्बन्धी तालीम सञ्चालन गर्न
निवेदन दिएमा र त्यस्तो तालीम बन्दीको निमित्त उपयोगी हुने देखिएमा कारागार
व्यवस्थापन विभागले त्यस्तो तालीम सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।